बुलबुले उद्यानमानयाँतालनिर्माणको शिलान्यास

सुर्खेत : सुर्खेतको बुलबुले उद्यानलाई थपव्यवस्थित र पर्यटकको गन्तब्य बनाउनका लागि नयाँ ताल निर्माणका लागि शिलान्यास भएको छ। मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गुरुयोजना अन्तर्गत ताल निर्माण कार्यको शिलान्यास गरेका हुन्।

भू–तथा जलाधार व्यवस्थापनका लागि १ करोड १२ लाख ३६ हजार रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्तताल ४ हजार २ सय वर्गमिटर क्षेत्रफलमा फैलिनेछ। ताल निर्माणले चरा संरक्षण र जल स्रोत व्यवस्थापनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ।

शिलान्यास समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले बुलबुले उद्यानलाई अझै आकर्षक बनाउन ताल निर्माण महत्वपूर्ण हुने बताए। उनले कामको गुणस्तरमा सम्झौतान गर्न र निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।

शिलान्यास गर्दा मात्रै ताम झाम हुने तर काम अलपत्र पर्ने गुनासो आउन नपरोस्,’उनले भने,’समयमै काम सक्नुस्, भुक्तानीको समस्या हुँदैन। उत्कृष्ट कामगर्ने निर्माण कम्पनीलाई पुरस्कृत गर्ने व्यवस्थागरिनेछ। मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशको समग्र पूर्वाधार विकासका लागि इमानदारिता र द्रुतगतिमा कार्यान्वयन आवश्यक रहेको धारणा राखेका थिए। उनले काँक्रेविहार क्षेत्रमा समेत विकास निर्माणका कार्य अघि बढिरहेको जानकारी दिए।

ताल निर्माणको जिम्मा स्थानीय प्रवीण निर्माण सेवाले आगामी २०८२ असार १० गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ। बुलबुलेलाई कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार